Quantcast
Channel: विज्ञान / प्रविधि – Sajha Post
Viewing all articles
Browse latest Browse all 793

OMG ! ढुंगामा आगो बाल्दा यसरी निस्किन्छ वाईफाई सिग्नल !

$
0
0

एजेन्सी । जर्मनीको न्यूएनकिर्चेनमा एक यस्तो म्यूजियम छ, जहाँ ढुंगाको पासमा आगो बाल्दा वाईफाई सिग्नल देखिन थाल्छ । यो आउटडोर स्कल्पचर्सको म्यूजियम हो । यहाँ एउटा ठूलो ढुंगा हिडन वाईफाई जेनेरेटरको रुपमा चर्चित छ ।

hidden-wi-fi-router 4

 

यसरी आउँछ वाईफाई सिग्नल !

यस ढुंगाभित्र वाईफाई राउटर राखिएको छ, तर त्यो राउटर त्यतिबेलामात्रै चल्छ, जब ढुंगाको पासमा आगो बालिन्छ । खासगरी ढुंगाभित्र थर्मोइलेक्ट्रिक जेनरेटर राखिएको छ, तापक्रम बढेपछि त्यसले इलेक्ट्रिसिटी पैदा गर्छ, जसले वाईफाई राउटरलाई चलाउन मद्दत गर्छ ।

hidden-wi-fi-router 1

सो ढुंगाको तौल करिब १.५ टन रहेको छ । आर्टवर्कलाई किपएलाइभ नाम दिइएको यसलाई एरम बर्थोलले बनाएका हुन् ।

hidden-wi-fi-router 2

यो वाईफाई राउटरको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि एकपटक फेरि चर्चामा छ । यहाँ पुग्ने दर्शकलाई स्वयम् आगो बाल्न लगाएर वाईफाई सिग्नल जेनरेट गराइन्छ ।

hidden-wi-fi-router 5

उनीहरुले त्यसलाई आफ्नो मोबाइलमा कनेक्ट गर्न पनि पाउँछन् ।

hidden-wi-fi-router 3

 

The post OMG ! ढुंगामा आगो बाल्दा यसरी निस्किन्छ वाईफाई सिग्नल ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 793

Trending Articles