Quantcast
Channel: विज्ञान / प्रविधि – Sajha Post
Viewing all articles
Browse latest Browse all 793

फेसबुकमा प्रतिबन्ध लगाईएको चीनका नागरिकले चलाउँछन् यी साईटहरु (टप ५ सूचीसहित)

$
0
0

सायद तपाईंलाई थाहा होला हाम्रो उत्तरी छिमेकी चीनमा फेसबुक, ट्वीटर, गुगल, युट्युवजस्ता कुनै पनि सोशल साईटहरु चल्दैनन् । चीन सरकारले लामो समयदेखि यी साईटहरुमा प्रतिबन्ध लगाउँदै आएको छ ।

Top 10 social network in China

त्यसो भए त्यहाँका नागरिकहरुले के चलाउँछन् त ? जिज्ञासा उत्पन्न भयो होला होइन ? चीनमा यी सबै साईटहरुको विकल्प उपलब्ध छ । मतलब उनीहरु चिनियाँ सोसल साईट नै चलाउँछन् ।

त्यसो भए कुन-कुन सोशल साईटहरु चर्चित छन् त ? आउनुस्, आज हामी चीनका चर्चित ५ सोशल नेटवर्किङ साईटहरुबारे जानकारी दिँदैछौं ।

WeGhat
यो सन्देश आदान-प्रदान गर्न प्रयोग गरिने एप्स् हो । फेसबुकमा झैँ वी च्याट प्रयोग गर्दा आफ्ना साथीकोबारेमा थाहा पाउन सकिन्छ । चीनमा यो एप्स् प्रयोगकर्ताको संख्या ३५ करोड रहेको छ । वी च्याटमा भएका विशेषता मध्ये moment ले फेसबुकमा भएको टाइमलाइनमा झै आफ्ना साथी तथा व्यापारका बारेमा ताजा अपडेट प्राप्त गर्न सकिन्छ । त्यस्तै People Nearby को मद्दतले साथीहरु खोज्न सकिन्छ, भने Drift Bottle को सहायताले साथीहरुलाई सन्देश पठाउन सकिन्छ । यस प्रकारको विशेषता भएका कारण प्रायजसो कम्पनीले आफ्नो ब्राण्डलाई प्रमोट गर्न यसको प्रयोग गर्ने गर्दछन् ।

Sina Weibo

सिना विबो चीनको एउटा महत्वपूर्ण तथा धेरैले प्रयोग गर्ने सामाजिक सञ्जाल हो । यसलाई चीनको ट्वीटर पनि भन्ने गरिन्छ । जसलाई ६० करोड मानिसले दैनिकरुपमा प्रयोग गर्ने गर्दछन् । म्यजिक, गेम तथा च्यारिटीजस्ता कैयौ विशेषता भएको यो एप्समा विभिन्न लिङ्कस्, भिडियो तथा फोटो पोष्ट गर्न सकिन्छ ।

Youku/Tudou
यो अनलाईन टिभी कम्पनी हो, जसलाई युकु तथा टुडोउ नाममा दुई प्रतिस्पर्धी कम्पनीलाई गाभेर सन २०१२ मा एउटै कम्पनी बनाइएको थियो । यो कम्पनीमा २ वटा प्ल्याटफर्म छन् । युकुमा भिडियो हेर्न तथा डाउनलोड गर्न सकिन्छ, भने टुडुमा फिल्म मात्रै हेर्न सकिन्छ ।

Douban
कुनै विषय वा बस्तुको नेटवर्किङ गर्नका लागि यो एप्सलाई प्रयोग गरिन्छ । विभिन्न रुची भएका व्यक्ति तथा समूह वा समुदायमाझ निकै लोकप्रिय यो सञ्जालका प्रयोगकर्ताको संख्या १ करोड भन्दा बढी छ । पप संस्कृतिका पारखी तथा वौदिकवर्गले यसको बढी प्रयोग गरेको देखिन्छ । कुनै पनि समूहको सदस्य भएपछि मात्रै प्रयोगकर्तालाई अन्य सदस्यले गम्भीररुपमा लिने गर्दछन् । र यदि कुनै पनि प्रयोगकर्ताले स्प्याम गरेको अवस्थामा भने त्यस्तो समुदायले उक्त प्रयोगकर्तालाई प्रतिबन्ध लगाउँछ ।
RenRen
RenRen ले सन् २००५ मा फेसबुकको एउटा क्लोनको थालनी गरेपछि चीनका विश्वविद्यालयमा पढ्ने विद्यार्थीमाझ यो निकै लोकप्रिय बनेको थियो । यो सञ्जालका प्रयोगकर्ता करिब २ करोड रहेको बताइन्छ । अन्य अनलाइनसँग आवद्ध हुनका लागि प्रयोगकर्ताले रेनरेनको प्रयोग गर्ने गर्दछन् । त्यस्तै बजार प्रवर्द्धकले नयाँ ग्राहकसम्म पुग्न तथा विदेशमा पहिलो पटक भ्रमण गर्न चाहने संभावित विद्यार्थीलाई प्रभावित पार्न यसको प्रयोग गर्दछन् ।

The post फेसबुकमा प्रतिबन्ध लगाईएको चीनका नागरिकले चलाउँछन् यी साईटहरु (टप ५ सूचीसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 793

Trending Articles