चीनको रेल कम्पनी सिआरआरसी चाङचुङले चीनमा पहिलोपटक प्रयोगमा ल्याउन लागेको हाइव्रिड बुलेट ट्रेनको प्रारम्भिक परीक्षण पूरा भएको छ । यसै वर्ष उक्त ट्रेनलाई परीक्षणकारुपमा संचालनमा ल्याउने सिआरआरसीले बताएको छ ।
तीव्र गतिमा गुड्ने यो ट्रेनलाई २ किसिममा बाँडिएको छ, जुन डिजेल, विजुली तथा व्याट्रीबाट चल्दछ । यसले गाउँबाट शहरसम्म छोटो यात्रा गर्ने यात्रुलाई सुविधा दिने र रेलमार्गको लम्बाई १०० किलोमिटरभन्दा बढी नहुने बताइएको छ ।
एउटा स्टेशनबाट अर्को स्टेशनसम्मको दूरी १० किलोमिटरभन्दा बढी नहुने रेल कम्पनीले बताएको छ ।
चीनमा बढिरहेको शहरीकरणलाई मध्यनजर गरेर यस प्रकारका रेलमार्ग निर्माणमा चिनियाँ सरकारले विशेष ध्यान दिएको छ । साथै बेइजिङ, टियानजिङ तथा हेबेइ प्रान्तलाई जोड्ने गरी यो नयाँ ट्रेन प्रयोगमा ल्याइएको हो ।
जसले एक घण्टामा १६० किलोमिटरको दूरी पार गर्दछ । तीव्र गतिको यसको अर्को विशेषता भनेको विजुली तथा अन्य इन्धनको माध्यमबाट पनि यसलाई गुडाउन सकिन्छ । साथै यसले कार्वन उत्सर्जन पनि कम गर्ने बताइएको छ ।
The post चीनमा द्रुतगतिको पहिलो हाइव्रिड ‘बुलेट ट्रेन’ आउँदै appeared first on Sajha Post.