एजेन्सी । खतरनाक आतंकवादी संगठन इस्लामिक स्टेट आईएसले ड्राइभरविना नै चल्ने कार निर्माण गरिरहेको नेटोका सुरक्षाविज्ञले जानकारी दिएका छन् । यो कारले भिडभाडमा गएर आफैँलाई उडाउन सक्ने बताइएको छ ।
सिरियाको रक्का शहरमा आईएसको रिसर्च एण्ड डेभेलोपमेन्ट विभागले ड्राइभरविनानै हमला गर्न सक्ने प्रविधि विकास गरेको विजनेस स्टान्डर्डको एक रिपोर्टमा जनाइएको छ । यस प्रकारको प्रविधिलाई गुगलले पनि विकास गर्न लागिरहेको छ ।
यदि यस्तो प्रविधि आविष्कार गर्न आईएस सफल भएमा यसले नयाँ सुरक्षा चुनौती थप्ने बताइएको छ । विशेषगरी उत्तर अमेरिका तथा युरोपमा यस प्रकारको कार केही वर्षभित्र नै सामान्य बन्ने भएको हुनाले युरोप तथा अमेरिकालाई टाउको दुखेको छ ।
केही वर्षपछि बेलायतमा ड्राइभरविहीन कार निकै प्रचलनमा आउने एक अध्ययनले देखाएको छ । नेटोका अधिकारीले आईएसले विकास गरेको प्रविधिले बेलायतमा सजिलै आक्रमण गर्न सक्ने बताएका छन् ।
नेटोका उपमहासचिव जेमी शीले रक्कामा बम बनाउने आफ्नो फ्याक्ट्रीभित्र यस प्रकारको प्रविधि विकास गरिरहेको बताएका छन् ।
The post आईएसले अब ड्राइभरविना नै चल्ने कारद्वारा हमला गर्ने ! appeared first on Sajha Post.