Quantcast
Channel: विज्ञान / प्रविधि – Sajha Post
Viewing all articles
Browse latest Browse all 793

आफ्नो भाग्य र ग्रहदशा आफैँ हेर्न मिल्ने मोबाइल एप सार्वजनिक

$
0
0

काठमाडौं, ३१ वैशाख । इन्टरनेट र प्रविधिको सुविधाले अब आफ्नो भाग्यफल आफैं हेर्न र बुझ्न पाइने भएको छ । ज्योतिषाचार्य डा. सुनिल सिटौलाले आफ्नै प्रयासमा ‘जोखाना’ एप मार्फत यस्तो सेवा दिन लागेका हुन् ।

प्राचिन हनुमान ज्योतिष सकुन प्रश्नावली एवम भृगु संहिताको आधारबाट जोखानाको फलादेश एपमा राखिएको छ । भावी वा भविष्य जान्न, ग्रहदशा छुट्टाउन, आफ्नो राशी, नक्षत्र र वर्तमान चल्दा दशाहरु, महादशा, अन्तरदशा आफैंले हेर्न मिल्ने एप तयार पारिएको डा. सिटौलाले जानकारी दिए ।
Jokhana App

यसमा आफ्नो जोखाना आफैं हेर्न सकिन्छ । साथै वार्षिक, दैनिक, एवम् मासिक राशिफल हेर्न सकिन्छ । यो चन्द्रमाको राशी भ्रमणको आधारबाट तयार पारिएको ज्योतिष सिटौला बताउँछन् । एपमा रुद्रयामक तन्त्रमा बताइएको मुहुर्त राखिएको छ । जसमा हरेक दिनको शुभ-अशुभ बेला हेर्न सकिन्छ ।
यस मुहुर्तलाई आधार मान्दा ज्योतिषका विषयहरु तिथी, नक्षत्र जुराइरहनु पर्दैन ।

द्रिक गणितमा आधारित ज्योतिष पञ्चाङ्ग, तिथि, नक्षत्र, योग, करण जुनसुकै मितिको पनि हेर्न सकिन्छ । आफ्नो भाग्य, भविष्य, ग्रहदशा, शुभ-अशुभ सम्पूर्ण विषय प्रत्यक्ष ज्योतिषलाई सोध्न सकिने फिचर एपमा उपलब्ध छ ।

एपमा मिति रुपान्तरण, नेपालमा प्रचलित चाडपर्व, राशी–राशीबीचको सम्बन्ध, विभिन्न शुभ साइतहरु राखिएको छ । तत्कालका लागि यो एप एन्ड्रोइडमा मात्र उपलब्ध छ । तर, भविष्यमा आइओएसमा पनि उपलब्ध गराइने सञ्चालक डा. सिटौलाले जानकारी दिए ।

एप डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

The post आफ्नो भाग्य र ग्रहदशा आफैँ हेर्न मिल्ने मोबाइल एप सार्वजनिक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 793

Trending Articles