Image may be NSFW.
Clik here to view.
एजेन्सी, १० साउन । अहिलेको समयमा इन्टरनेट सर्वाधिक प्रयोगमा आउन थालिसकेको छ । इन्टरनेटमा धेरैजसो कुरा आवश्यक र ज्ञानप्रदायी हुने गर्छ भने कतिपय कुराहरु अनावश्यक पनि हुने गर्दछन् जस्तै स्प्यामर र अपमानजनक सामग्री साझा गर्ने व्यक्तिहरु ।
हामीले ती स्प्यामर ट्रोलर र अपमानजनक सामग्रीवाला धेरैजसो व्यक्तिहरुलाई ब्लक गर्ने वा सामग्रीतर्फ ध्यान नदिने गर्न सक्छौं तर हर समय त्यसरी सुरक्षा गरेर बस्न सम्भव हुँदैन । यसैबीच गुगल ड्राइभले यस्तै व्यक्तिहरुलाई ब्लक गर्न मिल्नेगरी अपडेट ल्याएको छ ।
गत हप्ता प्रकाशित गरिएको नयाँ गुगल वर्कस्पेस अपडेटमा भनिएको छ कि ड्राईभले मानिसहरूलाई आफ्ना फाइल्स भण्डार गर्न, साझेदारी गर्न र सहयोग पुर्याउन लक्षित गरेको छ र ती फाइलहरु खराब प्रयोगकर्ताले दुरुपयोग गरिदिन सक्छन् ।
त्यसकारण नै गुगलले अन्य प्रयोगकर्ताहरूलाई रोक्नको लागि यस्तो सुविधा ल्याएको हो जसमा पहिले प्रयोग अनुमति दिएको प्रयोगकर्ताहरुलाई ब्लक गर्न सकिन्छ । ‘यसले ड्राइभ साझेदारीको सहयोगिता रक्षा गर्ने मात्र नभएर सबै भन्दा महत्त्वपूर्ण कुरा ड्राइभ प्रयोगकर्ताहरूको पनि सुरक्षाको संंरक्षण गर्दछ,’ गुगलले एक ब्लग पोस्टमा लेखेको छ ।
त्यसैगरी, ड्राइभमा ब्लक गरिएका प्रयोगकर्तालाई अन्य एप वा सर्भिसरुबाट पनि तपाइलाई सम्पर्क गर्नबाट रोक्ने कुरा गुगलले जनाएको छ ।
The post के छ गुगल ड्राइभको नयाँ अपडेटमा ? appeared first on Sajha Post.