एजेन्सी । के अब कम्प्युटर र स्मार्टफोनको उल्टो गन्ती सुरु भएको हो ? पछिल्लो १३ वर्षयता पहिलो पटक एप्पलको बिक्री घटेपछि यो प्रश्न निकै पेचिलो बनेको छ ।
गूगलका सीईओ सुन्दर पिचाईलाई विश्वास गर्ने हो भने अब यी डिभाइसहरुको उल्टो दिन गन्ती सुरु भइसकेको छ । पिचाईका अनुसार कम्प्युटरको स्थान अब ‘आर्टिफिशियल इन्टेलिजेन्स’ (एआई)ले लिनेछ ।
एआई यति बुद्धिमान हुने छ कि आफैँ दिमाग लगाएर मानिसले गर्ने कैयन कामहरु गर्न सक्षम हुनेछ ।
पिचाईले यो कुरा गुगलको वार्षिक संस्थापक पत्रमा उल्लेख गरेका छन् । यसमा कम्पनीको क्लाउड प्लेटफर्म र एआई सम्बन्धी योजनामाथि प्रकाश पारिएको छ ।
गुगलको मूल कम्पनी अल्फाबेटको तर्फबाट हरेक वर्ष ल्यारी पेज तथा सर्जी ब्रिन स्टकहोल्डर्सलाई पत्र लेख्ने गरिन्छ । जसमा प्रविधिको पछिल्लो विकासबारे जानकारी गराइन्छ । यसवर्ष यो मौका पिचाईले पाएका थिए । यस अवसरमा पेजले भनेका छन्, उनी अल्फाबेटको प्रगतिलाई लिएर निकै खुसी छन् । साथै गुगलका नयाँ सीईओ सुन्दर पिचाईको कामबाट पनि निकै प्रभावित छन् ।
विशेषज्ञहरुका अनुसार एण्ड्रोइड स्मार्टफोन अहिले सर्वाधिक उत्कर्षमा छ । जुनकुरा एप्पलको बिक्रीमा आएको गिरावटबाट पनि पुष्टि हुन्छ । एप्पलले २०१६ को पहिलो ३ महिनामा ५ करोड १२ लाख आईफोन बेच्यो, साथै १०.५ अर्ब डलरको एक चौथाईं मुनामा फमायो । अघिल्लो वर्ष यो अबधिमा एप्पलले ६ करोड ५० लाख आईफोन बेचेको थियो ।
पिचाईले आफ्नो पत्रमा उल्लेख गरेका छन्, ‘मात्र एक दशक अघिसम्म कम्प्युटिङलाई ठूला कम्प्युटरको पर्याय मानिन्थ्यो, जुन डेक्समा मात्रै रहने गर्थ्यो । कम्प्युटरहरु अहिले पोर्टेबल बनिसकेका छन् । अब केही वर्षमा कम्युटिङ प्रोसेसरहरु यति सानो र सस्तो हुनेछन् कि त्यस्ता सुपर कम्प्युटरहरुलाई खल्तिमा हालेर हिड्न सम्भव हुनेछ ।
पिचाई भन्छन्, ‘अबका कम्प्युटरहरु चाहे जुनसुकै रुपमा होस्, स्वयम एक इन्टेलिजेन्स असिस्टेन्सकोरुपमा दिनभर तपाईंलाई मद्दत गर्न तयार हुनेछन् । अब हामी ‘मोबाइल फर्स्ट वर्ल्ड’ बाट ‘आर्टिफिशियल इन्टेलिजेन्स फर्स्ट वर्ल्ड’तर्फ अघि बढिरहेको छौं ।’
एआईको रिसर्चमा अल्फाबेट सबैभन्दा अघि छ । यस्तो सफ्टवेर तयार गरिँदैछ कि जसले फोटोहरुलाई चिन्न सक्छ, मानिसजस्तै बोल्न सक्छ, साथै मानिस नै जसरी ‘चिनियाँ गेम गो’समेत खेल्न सक्छ ।
मानव भर्सेस मेशिनको बहस गुगलको डिपमाइण्ड कम्प्युटरले ह्यूमन गो च्याम्पियन ली सिडोललाई हराएपछि समाप्त भयो । ५ खेलको यो सिरिजमा डिपमाइण्ड ४-१ ले विजयी भयो । यो त काष्टिङमात्रै हो ।
यसबाट पनि प्रष्ट हुन्छ, अब आउने एआई मानिसभन्दा निकै बुद्धिमान र चलाख हुनेछ ।
The post कम्प्युटर र स्मार्टफोनको उल्टो दिनगन्ती सुरु, अब आउँदैछ ‘एआई’को युग appeared first on Sajha Post.