Quantcast
Channel: विज्ञान / प्रविधि – Sajha Post
Viewing all articles
Browse latest Browse all 793

के तपाई यो कार किन्न सक्नुहुन्छ ?

$
0
0

golden car

काठमाडौं, २९ वैशाख । बाहिरी भाग सुनका पाताले बनेकोे एउटा स्पोर्टसकारलाई दुबईमा हालै सार्वजनिक गरिएको छ । एउटा अटोमेलामा राखिएको  उक्त कारलाई निसान मोटर कम्पनीले बनाएको हो र यसकाे नाम ‘गोडजिला’ राखिएको छ ।

कुहल रेसिङका प्रतिनिधिले प्रदर्शनमा राखेको उक्त कारको बाहिर भागमा सुनका पाता प्रयोग गरिएको छ । कारमा भि६ ट्विन टर्बो ५४५ एचपी इन्जिन जडान गरिएको छ । अत्याधुनिक एरोडाइनामिकका फिचर भएको यसको इन्जिनमा ६ स्पिड डबल क्लच ट्रान्समिशन प्रविधि प्रयोग गरिएको । यस प्रविधिका कारण जोर(१,३,५) र विजोर(२,४,६) गियरमार्फत रेसिङ कारमा झैं स्पिडलाई परिवर्तन गर्न सकिन्छ । प्रतिस्पर्धात्मक स्पोर्टसमा प्रयोग गर्न सकिने यो कार बजारमा निकै लोपप्रिय बन्दै गएको छ निसानले बताएको छ । हाल यो नयाँ कारको बजार मूल्य १ मिलियन आमेरिकी डलर रहेको छ ।

The post के तपाई यो कार किन्न सक्नुहुन्छ ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 793

Trending Articles