Quantcast
Channel: विज्ञान / प्रविधि – Sajha Post
Viewing all articles
Browse latest Browse all 793

लौ आयो भारु. २५१ रुपैयाँमा स्मार्ट फोन, अनलाईनबाट खरिद गर्न सकिने !

$
0
0

नोयडा, ६ फागुन । संसारकै सबैभन्दा सस्तो स्मार्टफोन ‘फ्रिडम २५१’ को बिक्री बिहीबार बिहानबाट सुरुभयो । अनलाईन बिक्रीका लागि राखिएको यो फोन गरिद गर्न चाहने यति देखिए कि मोबाइलको अनलाईन साइट नै क्र्यास भयो ।

आज बिहानबाट बुकिङ खुलेको मोबाइलको साईट freedom251.com नै ओभरलोड भएपछि २४ घण्टाका लागि बिक्री रोकिएको छ ।

Freedom 251

‘फ्रिडम २५१’ मोडलको यस स्मार्टफोनको मूल्य २ सय ५१ भारतीय रुपैयाँ नै तय गरिएको छ । बिजेपी नेता मरली मनोहर जोशीले बुधबार साँझ यसलाई लञ्च गरे । प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वाकांक्षी योजना मेक इन इण्डिया तथा डिजिटल इण्डियालाई सशक्त बनाउनका लागि यसप्रकारको उत्पादनले सघाउने भारतीयहरुको विश्वास छ ।

यसमा सुविध केही कम्ति छैन । ४ इञ्च स्क्रिनको यो स्मार्टफोनले अन्य महङ्गा स्मार्टफोनहरुलाई पनि टक्कर दिने अपेक्षा गरिएको छ । यसमा १.३ क्वाडकोर प्रोसेसर, १ जिबी -याम, ८ जिबी इन्टरनल मेमोरी र ३२ जिबीसम्म मेमोरी विस्तार गर्न सकिने क्षमता छ ।

दुईवटा सीम लाग्ने यस मोबाइलको पछाडीको क्यामेर ३.२ मेगापिक्सल र अघिल्लो सेल्फी क्यामेर 0.३ मेगापिक्सल रहेको छ । १४५० एमएएचको ब्याट्री रहेको यस मोबाइलले दिनभरीलाई चार्ज धान्ने कम्पनीको दावी छ । साथै ब्याट्रीमा १ वर्षको वारेन्टी पनि दिइएको छ ।

यद्यपी यसको बिक्री सुरु हुन लागेपछि अन्य प्रतिस्पर्धी कम्पनीहरुले भने विरोध गरेका छन् । त्यति रकममा मोबाइल बिक्री गर्न सम्भव नै रहको भन्दै उनीहरुले विरोध गरेपछि मोबाइल विवादमा फसेको छ ।

The post लौ आयो भारु. २५१ रुपैयाँमा स्मार्ट फोन, अनलाईनबाट खरिद गर्न सकिने ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 793

Trending Articles