Quantcast
Channel: विज्ञान / प्रविधि – Sajha Post
Viewing all articles
Browse latest Browse all 793

कम्प्युटर गेम खेल्नुहुन्छ ? घरमै बसेर कमाउनुस् लाखौं डलर !

$
0
0

विज्ञान र प्रविधिको तीव्र विकासले अहिले विश्व बजारलाई एउटा सानो सहरजस्तो बनाइदिसकेको छ । एउटा नेपालीले आफ्नो घरको गुन्द्रुक र ढिंडो खाएर युरोप र अमेरिकी कम्पनीहरुका लागि काम गर्नसक्छ । छैन त कमाल ?

पक्कै पनि अहिले सिंगो विश्व एउटा कम्प्युटर वा स्मार्टफोनमा अटाउन थालिसकेको छ । अनलाईनबाट पैसा कमाउने धेरै आईडिया छन्, आज हामी तपाईंलाई अनलाईन गेम खेलेर पैसा कमाउन सकिने कुराको जानकारी दिँदैछौं ।

video-games-2
 

कम्प्युटर गेम खेलेरै कमाउनुस् लाखौं रुपैयाँ

घरमै बसी-बसी पैसा कमाउनका लागि अनलाईन गेम्स पनि एक माध्यम हो । हामीले आफ्नो शोख पूरा गर्न र मनोरञ्जनका लागि खेल्ने भिडियो गेमबाट पनि पैसा कमाउन सकिन्छ, भन्दा धेरैलाई अचम्म लाग्नसक्छ । तर, यो विलकुल सत्य हो ।

उदाहरणका लागि युक्रेन निवासी अलेक्सी क्रुपनिकलाई लिन सकिन्छ । उनी बच्चैदेखि कम्प्युटर गेमका शौखिन थिए । आज यो शोखले उनलाई लाखौं कमाउन सफल बनाएको छ । नब्बेको दशकमा क्रुपनिक आफ्नो बचपनमा खाली समय कम्प्युटर गेम खेल्दथे । उनको आफ्नै कम्प्युटर थिएन । त्यसैले गेम क्लबहरुसम्म धाउनुपर्दथ्यो ।

उनी अनलाईन गेममा यति क्युरियस थिए कि छिट्टै यसमा ठूलै छलाङ मारे । अथवा भनौं गेमको किरो नै बनेर निस्किए । यसैक्रममा सन २००३ मा उनले एउटा स्पोर्टिङ टूर्नामेन्ट जिते । जुन अनलाईन गेमकै प्रतियोगिता थियो । यसमा उनले एउटा निकै महङ्गो ल्यापटप पुरस्कारस्वरुप पाए । त्यतिबेला सो ल्यापटपको मूल्य १ हजार ४ सय ३० डल पर्दथ्यो ।

जुन मूल्यमा त्यतिबेला युक्रेनमा कार नै खरिद गर्न सकिन्थ्यो । क्रुपनिकलाई पैसाको जरुरत थियो, उनले सो महङ्गो ल्यापटप बेचेर खर्च चलाए । तर, ई-स्पोर्ट्स खेल्न छाडेनन् । सन २०११ सम्ममा आईपुग्दा क्रुपनिक भर्चुअल दुनियाँका खलनायकहरुलाई मारेर लाखौं कमाउन थालिसकेका थिए । हरेक टूर्नामेन्टबाट २३ लाख रुपैयाँ । त्यतिमात्रै कहाँ हो र, हरेक महिना सवा लाख रुपैयाँ त उनी आफ्ना स्पोन्सरहरुबाटै कमाउँछन् ।

video-games

 

बढिरहेको छ कारोबार

ई-स्पोर्ट्सका जानकारहरु भन्छन्, अहिले कम्पुटर गेममा निकै पैसा छ । टूर्नामेन्ट जित्दा पाउने पुरस्कार रकम नै करोडमा हुन्छ । यसकाअलावा ई-गेम्स खेल्नेहरुले अनलाईनबाटै पाउने स्पोन्सरबाट पनि निकै पैसा कमाउँछन् । ई-स्पोर्ट्सको तथ्याङ्कलाई नियाल्ने हो भने कम्प्युटर गेम्स खेल्ने विश्वका चार टप खेलाडीले गतवर्ष यानिकी सन २०१५ मा १२ करोड रुपैयाँ कमाए । जबकी अन्य हजारौं सामान्य खेलाडीहरुको कमाईसमेत लाखौंमा थियो ।

ई-स्पोर्ट्सबारे अध्ययन गर्दै आएको न्यूयोर्कको संस्था सुपर डेटा रिसर्चकाअनुसार अहिले कम्प्युटर गेम्सको कारोबार करिब ५००० करोड डलरमा पुगिसकेको छ । दुई वर्षभित्र यानिकी सन २०१८ सम्ममा यो रकम १.९ बिलियन डलर पुग्ने अनुमान छ ।

सन २०१३ मा अनलाईन या टिभीमा भिडियो गेम खेल्नेहरुको संख्या करिब सवासात करोड थियो । यो संख्या २०१५ मा करिब १९ करोड पुग्यो । यस्तो गेममा आफ्नै घरमा बसिबसी विश्वका जुनसुकै कुनाको मानिससँग पनि प्रतिस्पर्धा गर्न सकिन्छ ।

ई-स्पोर्ट्समा सामेल हुने अधिकांश खेलाडी युवा नै छन् । तपाईंले राम्रो खेल्न थाल्नुभयो भने अनलाईनबाटै स्पोन्सर पाउन सक्नुहुन्छ । सुपर डेटा रिसर्चका प्रमुख जुस्ट वान ड्रयूनेन भन्छन्, ‘गतवर्ष संसारभरमा करिब ११४ अर्ब डलर मूल्यमा कम्प्युटर गेमहरु बिक्री भए । जसका लागि यस्तै खेलाडीहरुले स्पोन्सर पाएका थिए ।

आज विश्वमा हजारौं यस्ता व्यक्तिहरु छन्, जसले आफूलाई कम्प्युटर गेमको प्रोफेशनल खेलाडी मान्छन् । यो संख्या दिनप्रतिदिन बढिरहेको छ । अहिलेसम्म केही शीर्ष खेलाडीहरुलाई छाड्ने हो भने, अरुको कमाईको रेसियो लाखकै क्याटोगरीमा छ । शीर्ष केहीले भने करौडौं पैसा कमाउँछन् ।

सुपर डेटा रिसर्चमा रजिस्टर्ड ५०० सय मध्ये ३०० खेलाडीले सन २०१५ मा विभिन्न टूर्नामेन्ट जितेर ५० हजार डलर यानिकी करिब ५० लाख नेपाली रुपैयाँ कमाए । जसरी यसमा आकर्षण बढ्दैछ, त्यसले कमाईलाई पनि बर्सेनि दोगुना बनाउँदै लानेछ ।

video-games 1
 

सजिलो छैन कमाउन
तर, कम्प्युटर गेमको प्रोफेशनल खेलाडी बन्न त्यति सहज भने छैन । शोख पूरा गर्नका लागि गेम खेल्नु अलग कुरा, यसको प्रोफेशनल खेलाडी बन्ने हो भने कडा मिहेनत र तेज दिमाग चाहिन्छ ।

कम्प्युटर गेम्स खेल्ने आम खेलाडीले एक मिनेटमा सरदर १०० कमान्ड दिन सक्छन् । जबकी प्रोफेशनल खेलाडीहरुले एक मिनेटमै करिब ५०० कमाण्ड दिन भ्याउँछन् । लिग अफ लेजेण्डस्, स्टार क्राफ्ट, डोटा टू जस्ता ठूला ई-स्पोर्ट्स कम्पिटिसन जित्नका लागि तेज दिमाग र निकै कडा मिहेनतको आवश्यक पर्छ । यद्यपी तपाईंमा विशेष खुवी र जित्ने जुनुन छ भने असम्भव छैन ।

जानकारहरु भन्छन्, ई-स्पोर्ट्समा हाई स्पिडमा चेस खेलेकोजत्तिकै दिमाग लगाउनु पर्छ । लगातार आफ्नो विरोधीको हरकतमाथि नजर राख्नु, उसलाई खोजेर सिध्याउनु, आफू सुरक्षित रहनु कम्ति चुनौतीपूर्ण हुँदैन ।

यसमा कमाईको एउटा सिधा फर्मुला छ, ‘राम्रो खेल्नुस्, जित्दै जानुस् र जितिरहनुस् ।’ पैसा त आफैँ आईरहन्छ । युक्रेनका क्रुपनिकलाई नै हेर्नुस् न, सुरुमा आफ्नो कम्प्युटरसमेत थिएन । क्लबमा गएर खेल्थे । उनी खेलिरहे, जित्दै गए र जितिरहे । यसक्रमा उनले ई-स्पोर्ट्सका महारथी कैयन दक्षिण कोरियाली स्टारहरुलाई नै पछार्न सफल भए ।

video-games-2

 

यसरी बन्नुस् शीर्ष खेलाडी
ई-स्पोर्ट्सको टप खेलाडी बन्नका लागि सबैभन्दा उत्तम तरिका के हो भने, तपाईं कुनै ठूलो टिमको सदस्य बन्नुस् । टिममा रहनुको फाईदा भनेको स्पोन्सरहरु त्यहीँबाट राम्रा खेलाडी नियालिरहेका हुन्छन् । तपाईं उसको नजरमा पर्नुभयो भने दुनियाँभरमा हुने ठूला टूर्नामेन्ट खेल्नेमात्रै होइन, उनीहरुकै स्पोन्सरसिप पनि पाउनु हुन्छ ।

क्रुपनिकले सन २००४ मा पहिलो स्पोन्सरसिप डिल गरेका थिए । त्यतिबेला उनी महिनामामात्रै सय डलर स्पोन्सरमार्फत पाउँथे । पछि उनले अर्को टिम जोइन गरे, त्यहाँबाट उनले मासिक २४ हजार डलर स्पोन्सरबापत नै कमाउन थाले । टूर्नामेन्ट जित्दा पाउने रकम त छुट्टै भयो । हार्दा पनि उनको २४ हजार डलर कहिँ जान्थेन ।

Esports
 

यो हो ई-स्पोर्ट्सको सबैभन्दा रोचक कुरा
ई-स्पोर्ट्सको सबैभन्दा रोचक कुरा के भने यो संसारको जुनसुकै कुनामा बसेर खेल्न सकिन्छ । तपाईं घरमा बसी-बसी दुनियाँका जुनसुकै ठूला टूर्नामेन्टमा सहभागिता जनाउन सक्नुहुन्छ । देशको कुरा गर्ने हो भने दक्षिण कोरिया कम्प्युटर गेम्सको सबैभन्दा ठूलो केन्द्र हो ।

अहिले अमेरिका, युरोप तथा एसियाका अन्य देशहरुमा यो ट्रेण्ड तीव्र गतिमा बढिरहेको छ । एसियामा सन २०१५ मा ३१२ मिलियन डलर यस क्षेत्रमा लगानी भयो । अमेरिकामा इन्भेस्ट भएको करिब सय मिलियन डलरभन्दा यो तीन गुणा बढी थियो ।

तर, यसमा एउटा कमी छ । जिन्दगीभरका लागि करियर बनाउन भने अलि प्रभावकारी हुँदैन । कम्प्युटर गेम युवाहरुमा नै बढी लोकप्रिय छ, र उनीहरुले नै राम्रो गर्न सक्छन् । तपाईंको उमेर बढ्दै गएपछि युवाहरुको तुलनामा तेज दिमाग चलाउन असहज हुन सक्छ ।

अर्कोतर्फ तपाईं कुनै एउटा गेममा विज्ञ नै बन्नुभयो तर समयक्रमसँगै त्यसको बजार नै सकियो भने फेरि तपाईं जीरोमा झर्नुहुन्छ । प्रविधि हो परिवर्तन हुन धेरै वर्ष नै लाग्दैन । बढ्दो उमेरसँगै बढ्ने पारिवारिक जिम्मेवारीले पनि यसमा बाधा पुर्याउँछ । क्रुपनिकलाई नै हेर्नुस्, अहिले उनी पहिलो सन्तानको पिता बनेका छन् । अब उनले कम्प्युटर गेमका लागि दिने समय कम हुन थालिसकेको छ ।

तर, खुसीको कुरा के भने तपाईंले कुनै गेममा विशेषज्ञता हासिल गर्नुभयो भने तपाईंले करियर बनाउने अन्य कैयन मौका पाउन सक्नुहुन्छ । क्रुपनिक स्वयम् अहिले एक गेमिङ टिभी च्यानलमा मेनेजर छन् ।

कस्तो लाग्यो ई-स्पोर्ट्सको दुनयाँ ?

यदि तपाईं कम्प्युटर गेमको शौखिन हुनुहुन्छ भने आजैबाट सुरु गर्नुस्, ढिलाई किन ?

 

– विभिन्न अन्तराष्ट्रिय साईटहरुको सहयोगमा
 

The post कम्प्युटर गेम खेल्नुहुन्छ ? घरमै बसेर कमाउनुस् लाखौं डलर ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 793

Trending Articles