Quantcast
Channel: विज्ञान / प्रविधि – Sajha Post
Viewing all articles
Browse latest Browse all 793

तपाईंलाई थाहा छ ल्यापटपको चार्जर वा अन्य चार्जिङ केवलमा हुने यो डल्लोको काम ?

$
0
0

काठमाडौं । ल्यापटप अहिले त एउटा आम डिभाइस बनिसकेको छ । अफिसको काम होस् या घरको आवश्यकता ल्यापटपले निकै सहज बनाएको छ । त्यसैले ल्यापटपबारे प्रायलाई बताइराख्नु नपर्ला ।

तर, तपाईंले ल्यापटपको चार्जरलाई कहिल्यै नियालेर हेर्नुभएको छ ? चार्जिङ केवलमा एउटा सानो डल्लो हुन्छ, जुन तपाईंले तलको चित्रमा पनि देख्न सक्नुहुन्छ ।

Laptop Charger

कतिले यसलाई ख्याल नै गरेका हुँदैनन् । ख्याल गरेकाहरुले पनि खासै महत्व दिँदैनन् ।

 

प्रायले त यसलाई बेकार नै सम्झिन्छन्, तर कम्प्युटर तथा टेक्नोलोजी एक्सपर्टहरुका लागि यो निकै महत्वपूर्ण छ । ल्यापटप चार्जरमात्रै होइन, प्रिन्टर, मनिटर तथा क्यामेराको केवलमा पनि यस्तो हुन्छ ।

 

के हो यसको नाम ?

Charging Cable 1

मानिसले आफ्नो अनुकुलता अनुसार यसलाई फरक-फरक नाम दिने गरेका छन् । यसलाई फेराइट बिड, फेराइट चोक या फेराइट सिलिण्डर नामले चिनिन्छ । यसका अलावा ब्लाक्स, कोर्स, रिंग्स, ईएमआई फिल्टर्स या चोक्स पनि भनिन्छ ।

के हो यसको काम ?

Charging Cable

खासमा यो एक इण्डिकेटर हो । यसले इलेक्ट्रोनिक्स सर्किटमा आउने फ्रिक्वेन्सी न्वाइजलाई कम्प्रेस गर्दछ । यानिकी जुनसुकै सर्किटमा ध्वनी तरङ्गको रफ्तारले भाइब्रेट पैदा हुन्छ, त्यही भाइब्रेटलाई यसले कन्ट्रोल गर्ने काम गर्छ ।

यसले तपाईंको डिभाइसलाई इलेक्ट्रोनिक्स न्वाइजबाट बचाउँछ । यसले चार्जिङ एडप्टरबाट ल्यापटप वा यस्तै डिभाइसतर्फ जाने डिसी लाइन तथा डिभाइसबाट फर्किने दुवै तरङ्गलाई नियन्त्रित गर्दछ । यदि डिभाइसले रेडियो फ्रिक्वेन्सी इनर्जी प्रोड्यूस गर्यो भने यसले एन्टेनाजस्तो काम गर्छ । केवलको माध्यमबाट रेडियो फ्रिक्वेन्सी इनर्जी ट्रान्समिट हुन्छ ।

यदि यो नराख्ने हो भने हाम्रो आँखाले नदेखिने असर त गर्छ नै, हामीले सहजै देखिने असर पनि त्यहाँ हुन्छ । जस्तो कि ल्यापटप तथा कम्प्युटर स्क्रिनमा एक प्रकारको तरंग देखिनसक्छ । झिमझिम गरिरहन्छ ।

पूराना डेक्सटप कम्प्युटरको मनिटरहरु झिमझिम गरिरहनुको कारण पनि यही हो ।

 

The post तपाईंलाई थाहा छ ल्यापटपको चार्जर वा अन्य चार्जिङ केवलमा हुने यो डल्लोको काम ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 793

Trending Articles