Quantcast
Channel: विज्ञान / प्रविधि – Sajha Post
Viewing all articles
Browse latest Browse all 793

काम नलाग्ने भनेर फ्याँकिने खाली बोत्तलबाट यसरी पंखा बनाउनुहोस्

$
0
0

bottle

काठमाडौं । प्रचण्ड गर्मीको बेलामा शरीरलाई शितल बनाउने साधन भनेको कि पंखा हो कि एसी । तर पंखा वा एसी किन्न पनि पैसा नै चाहिन्छ । त्यसो भने के गर्ने त ?
घर वा बाहिर बोत्तलमा पानी त पक्कै पिउनुुहुन्छ होला ? अनि पानी रित्तिएपछि बोत्तललाई के गर्नुहुन्छ नि ? पक्कैपनि डस्टबिनमा फ्याँक्नुहुन्छ होला, होइन ? तर अब यसलाई नफ्याक्नुहोला । यसलाई प्रयोग गरेर हजारौ रुपैयाँ बचत गर्न सक्नुहुन्छ । तपाईलाई विश्वास लागेन ? यो सत्य हो । पानी पिइसकेपछि फ्याकिने बोत्तललाई प्रयोग गरेर ५ मिनेटमा यसरी इलेक्ट्रिक पंखा बनाउन सकिन्छः

१. बोत्तलबाट इलेक्ट्रिक पंखा बनाउनका सबैभन्दा पहिला एउटा बोत्तल लिनुहोस् ।

bottle (1)
२. बोत्तललाई पंखाको आकारमा काट्नुहोस् । त्यसपछि प्रत्येक पाताको किनारालाई पगाल्नुहोस् ।

fan2
३. तपाईले बोत्तललाई पंखाको आकारमा बदलेपछि हरेक पातालाई मजबुत बनाउनका लागि बिर्कोलाई मज्जाले कस्नुहोस् ।
४.यसरी पंखा बनाइसके पछि मोटर र व्याट्रीको व्यवस्था गर्नुहोस् । बोत्तलबाट बनेको पंखालाई मोटरमा राम्रोसँग कस्नुहोस् । अनि मोटरलाई अन गर्नुहोस् ।

electric fan
४. बस, तपाईको इलेक्ट्रिक पंखा तयार भयो । अब गर्मीबाट तपाईले राहत पाउन सक्नुहुन्छ ।

The post काम नलाग्ने भनेर फ्याँकिने खाली बोत्तलबाट यसरी पंखा बनाउनुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 793

Trending Articles