Quantcast
Channel: विज्ञान / प्रविधि – Sajha Post
Viewing all articles
Browse latest Browse all 793

‘आइटी’मा जम्दै यूवा व्यवसायी न्यौपाने

$
0
0

12736323_528643890640988_1940325869_nकाठमाडौँ, ८ फागुन । यूवा व्यवसायी शिव न्यौपाने इन्फर्मेशन टेक्नोलोजी ‘आइटी’मा आफ्नो फरक पहिचानका साथ जम्न थालेका छन् । लिच्ची टेक्नोलोजिस प्रा.लि.का अध्यक्ष समेत रहेका न्यौपाने बाचलर अफ इन्जिनियरिङ सकेलगत्तै सन् २०१३ बाट आइटी व्यवसायमा प्रवेश गरेका थिए ।

न्यौपाने सफल मात्र बनेका छैनन्, आफ्नो क्षेत्रमा सुपरिचित समेत छन् । आइटी कम्पनीको जमातमा पनि ‘शिव’ नाम अग्रस्थानमै आउँछ ।
छोटै समयमा धेरै अनुभव हासिल गरेका उनले देशका विभिन्न स्थानमा आफ्नो कम्पनीको शाखा कार्यालय खोलेका छन् । राजधानीको गोंगबुमा प्रधान कार्यालय रहेको लिच्ची टेक्नोलोजिसको राजधानीकै बानेश्वर र रुपन्देहीको बुटवलमा शाखा कार्यालय रहेका छन् । अन्य ठाउँमा पनि सेवा कार्यालय थप्ने तयारीमा रहेको उनी बताउँछन् ।

हार्डवयरतर्फ सिसी टिभी, टाईम एटेन्डेन्स, फोन इन्टरकम, सिक्युरिटी सिस्टम आदी सेवा उनको कम्पनिले दिँदै आएको छ । प्रोग्रामइङतर्फ सफ्टवयर, वेबसाइट, मोबाईल एप्स डेव्लोप्मेन्ट र डिजाइनिङ पनि गर्ने बताइएको छ ।

‘ग्राहकको अर्डर अनुसारको आइटी सेवा दिँदै आएका छौँ’, अध्यक्ष न्यौपानेले भने–‘हामीले सरकारी, गैरसरकारी र निजी सबैको काम गर्ने गरेका छौँ ।’ देशमै केही गर्नुपर्छ भन्ने मानसिकताले काममा लागेपनि अहिलेको अवस्थाले गर्दा समस्यामा परेको उनको दुखेसो छ ।

12767559_528664740638903_208693490_n

उनको कम्पनीमा पूर्ण र आंशिक गरी ३० जनाभन्दा बढीले रोजगारी पाएका छन् । राष्ट्रिय मात्र होइन, अन्तराष्ट्रिय अनुभव समेत भएको न्यौपानेको दावी छ । नेपालमा आइटीको राम्रो ‘स्कोप’ रहेको समेत उनको भनाई छ ।

कम्पनीले आइटी सम्बन्धित विषयमा सेमिनार, तालिम, अवेरनेस तालिमसमेत गराउँदै आएको छ । सेवाग्राहीलाई ध्यानमा राखेर छिट्टै नै निःशुुल्क नयाँ प्रोग्राम ल्याउने तयारीमा रहेको कम्पनिले जनाएको छ ।

The post ‘आइटी’मा जम्दै यूवा व्यवसायी न्यौपाने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 793

Trending Articles