Quantcast
Channel: विज्ञान / प्रविधि – Sajha Post
Viewing all articles
Browse latest Browse all 793

जब एक किशोरले iPhone 5 S ६८ रुपैयाँमा पाए !

$
0
0

एजेन्सी । ई-कमर्स वेबसाईट स्न्यापडिललाई तब झड्का लाग्यो जब भारु २९ हजार रुपैयाँ मूल्य पर्ने iPhone5S Gold स्मार्टफोन मात्र ६८ रुपैयाँमा दिनुपर्यो । घटना हो भारतको । ६८ रुपैयाँमा आईफोन खरिद गर्न पाउने भाग्यमानी विद्यार्थी हुन् निखिल बंसल ।

iPhone 5S Gold

यद्यपी उनले सहजै यति सस्तोमा आईफोन खरिद गर्न पाएका भने होइनन्, त्यसका लागि उनले उपभोक्ता अधिकार केन्द्रको सहयोग लिनुपर्यो ।

 

यस्तो थियो घटना

पञ्जाव युनिभर्सिटीमा बिटेक अध्ययनरत निखिलले एक दिन स्न्यापडिलमामा ९९.७ प्रतिशत डिस्काउण्ट लेखिएको देखे । त्यतिबेला भारतमा २८,९९९ रुपैयाँ पर्ने आईफोनको मूल्यमा ९९.७ प्रतिशत डिस्काउण्ट गर्दा मूल्यमात्र ६८ रुपैयाँ पर्न जान्थ्यो ।

उनले तत्काल बुकिङ गराईहाले । बुकिङ गरेपनि धेरै दिनसम्म डेलिभरी नभएपछि उनी उपभोक्ता अधिकार केन्द्र पुगे । उनले स्न्यापडिलविरुद्ध उजुरी दर्ता गरे ।

त्यसपछि उपभोक्ता अधिकार केन्द्रले स्न्यापडिलसँग स्पस्टिकरण माग्यो । स्न्यापडिलले प्राविधिक खराबीका कारण यस्तो भएको बतायो । तर, प्राविधिक कमजोरीको नाममा उपभोक्तालाई झुक्याउन नपाईने भन्दै उपभोक्ता अधिकार केन्द्रले उनलाई ६८ रुपैयाँमा नै आईफोन उपलब्ध गराउन बाध्य बनायो ।

यसकासाथै डेलिभरीमा भएको ढिलाईमा जरिवानास्वरुप १० हजार पेनाल्टी लगाईदियो ।

The post जब एक किशोरले iPhone 5 S ६८ रुपैयाँमा पाए ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 793

Trending Articles