Quantcast
Channel: विज्ञान / प्रविधि – Sajha Post
Viewing all articles
Browse latest Browse all 793

पूरानो मोबाइललाई के गर्नुहुन्छ ? जानिराख्नुस्, सोच्दै नसोचेको काम गर्छ यसले !

$
0
0

एजेन्सी । विज्ञान र प्रविधिको तीव्र विकाससँगै दिनप्रतिदिन नयाँ-नयाँ मोडलका मोबाइल फोनहरु आईरहेका छन् । जति नयाँ प्रविधि भित्रिन्छ, त्यति नै त्यसको प्रयोग गर्ने चाहना उपभोक्तामा हुन्छ । वर्तमान युवा पुस्तालाई हेर्ने हो भने उनीहरुले लामो समय एउटै मोबाइल बोक्दैनन् । केही समय बोकेपछि रहर पुग्छ, फेरि नयाँ किनिहाल्छन् ।

Old Mobile

नयाँ मोबाइल किनेपछि पूरानोलाई कतिपयले बेचिदिन्छन् भने कतिपयले यत्तिकै घरमा फालिराख्छन् । तर तपाईंलाई थाहा छ, पूरानो मोबाइललाई तपाईंले विभिन्न उपयोगी काममा सदुपयोग गर्न सक्नुहुन्छ । तपाईंले सोच्दै नसोचेको काम गर्छ यसले । आउनुस्, आज हामी पूराना स्मार्ट फोनको ५ वटा उपयोगी प्रयोगको तरिका सिकाउँदैछौं ।

 

1. डिजिटल फोटो फ्रेम

पूरानो स्मार्टफोनलाई डिजिटल फोटो फ्रेमको रुपमा प्रयोग गर्न सकिन्छ । जस्तो कि तपाईंसँग धेरै तस्बिरहरु हुन सक्छन्, तर ति सबै प्रयोग भइरहेको मोबाइलमा राख्दा पहिलो कुरा त मेमोरी फूल हुनसक्छ, अर्को कुरा त्यो सबै बोकेर हिँडिराख्नु त्यति उपयोगी पनि हुँदैन । त्यसैले तपाईंले आफ्ना पूराना तस्बिरहरु त्यसमा संग्रहित गरेर राख्न सक्नुहुन्छ ।

डिजिटल फोटो स्लाइड शो जस्ता एप्सहरु तपाईंको काम आउँछन् । यदि तपाईंको घरमा वाईफाई छ भने पूराना फोनलाई टिभी तथा डिभिडी प्लेयरमा राखेर पनि हेर्न सकिन्छ । केवलबाटै पनि जोड्न सकिन्छ ।

 

2. एमपी थ्री प्लेयर

चाहनुभयो भने तपाईंले आफ्नो पूरानो स्मार्टफोनलाई एमपीथ्री प्लेयरको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । मोबाइलमा टन्न गीत राख्नुस्, उफर जोड्नुस् र म्यूजिकको मज्जा लिनुस् । यसका लागि ब्लुटूथ मार्फत पनि तपाईंल आफ्नो मोबाइल फोनलाई म्यूजिक सिस्टममा कनेक्ट गर्न सक्नुहुन्छ । साथै केवलबाट जोड्ने सुविधा पनि हुन्छ । साथै तपाईंले हेडफोन लगाएर सुन्नका लागि आफ्नो पर्सनल म्युजिक प्लेयरकोरुपमा पनि प्रयोग गर्न सक्नुहु्न्छ ।

 

3.वाई-फाई हटस्पट

अहिले ३ जी, ४ जीको जमाना आईसक्यो । तपाईंले मोबाइलमा डाटा किनेरै पनि घरमा मस्तसँग नेट चलाउन सक्नुहुन्छ । त्यसका लागि तपाईंको पूरानो फोनले वाई-वाई हटस्पटको रुपमा राउटरको विकल्पमा काम गर्नसक्छ । राउटर राख्दा लोडसेडिङको समयमा इन्टरनेट नहुने समस्या हुनसक्छ, तर पूरानो मोबाइललाई हटस्पटको रुपमा प्रयोग गर्नुभयो भने २४ घण्टे सर्भिस्, छैन त मज्जा ?

 

4. होम मिडिया कन्ट्रोल डिभाइस

तपाईंको पूरानो एन्ड्रोइड फोनले घरमा मिडिया कन्ट्रोलरको काम गर्नसक्छ ।  तपाईंलाई महङ्गो मिडिया कन्ट्रोलर खरिद गरिराख्ने जरुरत नै पर्दैन । स्मार्टफोनबाटै तपाईंले म्युजिक प्लेयर, एसी, टिभीलाई कन्ट्रोल गर्न सक्नुहुन्छ । यदि तपाईंको सो मोबाइलमा आईरआर ब्लास्टर छ भने त बिना कुनै एप्सको सहयोगमा म्युजिक सिस्टम, टिभी तथा एसीलाई कन्ट्रोल गर्न सकिन्छ ।

 

5. सेक्युरिटी क्यामेरा

आजकल सुरक्षाका लागि जहाँकहीँ सेक्युरिटी क्यामेरा राख्ने चलन छ । यदि तपाईंको घरमा पनि सेक्युरिटी क्यामेरा राख्नु पर्नेछ भने पूरानो स्मार्टफोनले त्यो काम पनि सहजै गरिदिन्छ । फोनबाट रेकर्ड हुने भिडियोलाई तपाईंले डेक्सटपबाट कन्ट्रोल गर्न सक्नुहुन्छ । यदि चाहनुभयो भने एसएमएसद्वारा सर्भर लिंक लिएर पनि प्रयोग गर्न सकिन्छ । यदि मोबाइललाई सिसीटिभी क्यामेराको रुममा प्रयोग गर्ने हो भने ‘सेफ आई होम अलार्म’ तथा होम सेक्युरिटी स्पाई क्यामेरा’ जस्ता एप्स तपाईंको काम आउनसक्छ ।

 

हजार-पाँच सयमै बेचिदिने वा घरमा फालिराख्ने मोबाइलले हजारौं रुपैयाँ पर्ने विद्युतीय सामग्रीको विकल्पमा काम गर्ने भएपछि यसको प्रयोग किन नगर्ने ? आजैबाट उपयोग गर्नुस् पूरानो मोबाइललाई ।

 

 

The post पूरानो मोबाइललाई के गर्नुहुन्छ ? जानिराख्नुस्, सोच्दै नसोचेको काम गर्छ यसले ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 793

Trending Articles